क्रियाशील महिला विकास कृषि सहकारी संस्थाको ११ औं साधरणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न

पाेखरा | भदौ २४, २०८०

क्रियाशील महिला विकास कृषि सहकारी संस्थाको ११ औं साधरणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न

पोखरा: पोखरा महानगरपालिका वडा नं. ७ मा रहेको क्रियाशील महिला विकास कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा बोल्दै पोखरा ७ का महिला वडा सदस्य बसुन्धरा लामिछानेले सहकारीलाई आयआर्जन र उत्पादनमा जोड्नु पर्ने बताउनुभयो । उहाँले सहकारीले ऋण लगाने गर्दा सचेत भएर सुजबुझ ढङ्गले गर्नु पर्ने बताउदै यसमा संचालक समिति थप संवेदनशीलहुनु पर्ने बताउनु भयो । सहकारीलाई उत्पादन सगं जोड्न वडा कार्यलय र सिङ्गो पोखरा महानगर नै लागेको बताउदै सहकारीमा आवद्घ सबै सदस्य सक्रिय हुन आग्रह गर्नुभयो ।

 

वडा सदस्य अर्जुन थापाले पोखरा वडा नं।७ मा भएका सहकारी संग सहकार्य गर्न सधै तयार रहेको बताउनु भयो । सहकारीलाई उत्पादन सगं जोड्ने कोसिस भइ रहेको बताउदै कतिपय नितिगत समस्याका कारण समस्या परेको बताउनुभयो । सहकारीका संस्थापक अध्यक्ष शारदा गिरीले महिला दिदी बहिनीको क्षमता विकास र आर्थिक सवलिकरणका लागि संस्था जन्मिएको बताउदै सबै शेयर सदस्यलाई सक्रिय हुन आग्रह गर्नुभयो । तिजको शुभकामना दिदै उहाँले दिदि वहिनीहरुलाई आर्य आर्जनमा जोडिन आग्रह गर्नुभयो ।

 

सहकारीका सल्लाहकार शशिकला बरालले महिलाहरुले आत्मानिर्भर हुदै उद्यमी बन्नुपर्ने बताउदै एकले सिकेका कुरा अरुलाई सिकाउने भावना जागृत गराउनु पर्ने विचार राख्नुभयो । महिला विकासका लागि आमा समुहका अध्यक्ष तुलसी बरालले सहकारी भनेकै सहकार्य भएकाले महिला दिदि बहिनीहरुको सहकारी उदारणीय हुनुपर्ने बताउनु भयो । उहाँले सबैलाई आफ्नो गक्ष अनुसार समाज नभड्कने किसिमले तिज मनाउन आग्रह गर्दै शुभकामना दिनुभयो । कार्यक्रममा वडा सदस्य सुनिता सुनार , महिला क्लब पोखराका अध्यक्ष मिना बराल आचार्य , रेडियो सफलताका स्टेसन प्रमुख मधु अधिकारी लगाएतले शुभकामना दिनुभयो ।

 

संस्थाको अर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी बराल र लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन लेखा समिति संयोजक सृजना सापकोटा बरालले प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष मनमाया पौडेल बरालको अध्यक्षतामा संम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष पिंगला भट्ट र संचालन सचिव सावित्री तिम्सिना बरालले गर्नभयो । 

काठमाडौँ:  रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।   ग्रान्डी अस्पतालका अनु...

थप पढ्नुहोस्

पोखरा:   २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ ।   मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...

थप पढ्नुहोस्

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।   यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो।   मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

थप पढ्नुहोस्